Need Help ?
Call: +977- 041521683

जि. शि. अ.

महेन्द्र महतो

शिक्षा चेतनाको संवाहक, विकासको मेरुदण्ड र सभ्यताको मुहान हो । शिक्षाको आदर्श, उद्देश्य र गति अनुसार नै देश विकासको मार्गचित्र कोरिएको हुन्छ । आज विश्वमा जुन देशको शैक्षिक उद्देश्य, नीति र कार्यक्रम समय सापेक्ष, व्यवहारिक र वैज्ञानिक बनेको छ, विकासको गतिमा त्यहि अग्रणी रहेको देखिन्छ । शिक्षाले उत्पादन गरेको जनशक्ति देश विकासको लागि गतिशिल र सक्रिय मानवीय साधन हो जसले अन्य सबै साधन स्रोतलाई यथोचित सञ्चालन र व्यवस्थापन गर्न सक्दछ । अतः शिक्षालाई हरेक क्षेत्रको विकासको पथ प्रदर्शक एवं आधारशिलाको रुपमा लिन सकिन्छ ।