Need Help ?
Call: +977- 041521683

जिल्लाको बारेमा

स्वागत छ जिल्ला शिक्षा कार्यालय धनुषामा !!!

धनुषा जिल्ला नेपालको पौराणिककाल देखिनै एैतिहासिक र धार्मिक पृष्ठभुमि बोकेको ठाउँ भएकोले यस जगत जननी माता जानकीको पावन भुमि जनकपुरधाम धनुषा जिल्ला तथा जनकपुर अंचलको समेत सदरमुकाम रहेको छ । प्राचीनकालको आदर्श तथा सरस्वतीभक्त शिक्षा प्रेमी राजाजनकको मिथिला राज्यको राजधानी पनि रहेको यस ठाउँमा शैक्षिक पृष्टभुमिको इतिहास नेपालकै सर्न्दर्भमा उललेखनीय रहेको छ । तराइको हरियो फाँटमा अवस्थित यस जिल्लाको राजनैतिक विभाजनमा ७ निवाएचन क्षेत्र, १७ इलाका ९५ गा. वि.स. र जनकपुर उपनगरपालिका लगायत ३ नगरपालिका रहेका छन् । उत्तरमा चुरे श्रृखला पुर्वमा कमला नदी दक्षिणमा भारतको विहार राज्य र पश्चिममा महत्तोरी जिल्लाको वीचमा अवस्थित यस जिल्लाको मुख्य पेशा कृषि रहेको छ । केही मात्र भए पनि उद्योग एंव कलकारखाना पनि रहेका छन् ।